आज आइतबार सुनको मूल्य तोलामा ७ हजार ४०० रुपैयाँ बढ्यो

काठमाडौं । दशैं बिदापछि बजार खुल्दा सुनको मूल्य ह्वात्तै बढेको छ । आज आइतबार सुनको मूल्य तोलामा ७ हजार ४०० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको मूल्य २ लाख ३० हजार ६०० रुपैयाँ तोकेको छ । यसअघि असोज १२ मा सुनको मूल्य तोलामा २ लाख २३ हजार २०० रुपैयाँ कायम भएको थियो ।

यसैगरी असोज १२ मा २ हजार ८१० रुपैयाँ कायम भएको चाँदीको मूल्य २ हजार ९३० रुपैयाँ पुगेको छ। आज कायम भएको सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च हो ।