सामसङको सोरुम भैंसेपाटीमा सञ्चालनमा

काठमाडौँ । सामसङले ललितपुरको भैंसेपाटीमा पनि इलेक्ट्रोनिक घरायसी उपकरण तथा मोबाइल फोन स्टोर सामसुङ सोरुम सञ्चालनमा ल्याएको छ । सामसङ नेपालका प्रबन्ध निर्देशक इन सु किम तथा गोल्छा समूहका प्रबन्ध निर्देशक शेखर गोल्छाले सोरुम उद्घाटन गरे ।

सोरुममा प्रडक्टको नवीनता, गुणस्तर, र ग्राहक सन्तुष्टिलाई ध्यानमा राखिएको कम्पनीले जनाएको छ । सोरुमले भैंसेपाटी र आसपासका क्षेत्रमा रहेका ग्राहकलाई प्रामाणिक सामसङ उत्पादन— नवीनतम स्मार्टफोन, टेलिभिजन, घरायसी उपकरणहरू र अन्य इलेक्ट्रोनिक उत्पादनको प्रदान गर्ने उद्देश्य राखेको कम्पनीले बताएको छ ।

उपभोक्ताहरूसम्म विश्वस्तरीय प्रविधि र उत्कृष्ट ग्राहक सेवा अझ नजिक पुर्‍याउने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिनमा कम्पनी प्रतिबद्ध रहेको जनाइएको छ ।

नयाँ सोरुम भ्रमण गर्ने ग्राहकले विशेष अफर, आधुनिक खरिद वातावरण र तालिम प्राप्त कर्मचारीबाट विशेषज्ञ मार्गदर्शन प्राप्त गर्ने कम्पनीको भनाइ छ ।