काठमाडौं । बुधबार सुनको भाउ तोलामा १६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ९३ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ९५ हजार १ सय रुपैयाँ थियो ।
यसअघि साउन २३ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेको रेकर्ड छ । चाँदीको भाउ पनि घटेको छ । अघिल्लो दिन प्रतितोला २३ सय रुपैयाँमा कारोबार भएको चाँदी आज ४५ रुपैयाँ घट्दै २२ सय ५५ रुपैयाँ कायम भएको छ ।






























