आज सोमबार पनि सुनको मूल्य घट्यो

काठमाडौँ । आज पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार १०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबारको दिन भने सुुन तोलामा एक लाख ९९ हजार २०० रुपैयाँमा खरिदबिक्री भइरहेको थियो ।

यता, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर प्रतितोला दुई हजार ३१५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।