काठमाडौं । नेपाल बजारमा आज सुनको भाउ सामान्य बढेको छ भने चाँदीको स्थिर छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ८८ हजार ५ सय रुपैयाँ कायम भएको छ।
आज चाँदीको भाउ स्थिर रहेको छ । आज चाँदी तोलामा १ हजार ९७० रुपैयाँ रुपैयाँ कायम भएको छ। हिजो पनि चाँदी तोलामा १ हजार ९७० रुपैयाँमा किनबेच भएको थियो।