काठमाडौं । एप्पलले यस वर्षको सेप्टेम्बर महिनामा आईफोन १६ सिरिज जारी गर्ने अपेक्षा गरेको छ।पछिल्लो जनकारी अनुसार एप्पलले आफ्नो नयाँ आईफोन लाइनअप सेप्टेम्बर १० तारिखमा लन्च गर्न सक्ने सम्भावना रहेको गीज्मोचाइनाले उल्लेख गरेको छ।
साथै एप्पलको आईफोन १६ सिरिजका फोनहरू सेप्टेम्बर २० तारिखदेखि बिक्रीमा जाने अपेक्षा गरिएको छ। आईफोन १६ सिरिज लन्चको लागि अझै एक महिना पर्खनु पर्ने भए तापनि यसअघिका धेरै लीक र अफवाहहरूले आगामी डिभाइसहरूबाट के आशा गर्ने भनेर खुलासा गरिसकेका छन्।
आईफोन १६ र आईफोन १६ प्रो म्याक्सका तस्बिरहरूले पहिले नै नयाँ सिरिजको रङ्ग विकल्पहरू खुलासा गरिसकेका छन्। बेस (आधार) आईफोन १६ मा पहेँलोको सट्टा अब सेतो रङ्ग विकल्प हुनेछ र आईफोन १६ प्रो म्याक्स भने आफ्नो पूर्ववर्तीको रङ्ग विकल्पहरू भन्दा थोरै गाढा शेडहरूका साथ आउने भएका छन्।
त्यसैगरी आईफोन १६/१६ प्रो म्याक्सका डमी एकाइहरूको तस्बिरहरू पनि हालै सार्वजनिक भएका थिए। साथै उक्त तस्बिरमा देखिए अनुसार बेस मोडेलमा स्पेसियल भिडियोलाई समर्थन गर्नको लागि भर्टिकल (ठाडो) क्यामरा लेआउट अपनाइएको छ।
अघिल्लो रिपोर्टहरूले आईफोन १६ प्रो म्याक्स ६.९ इन्च ठूलो स्क्रिनका साथ सुसज्जित हुन सक्ने जनाएको छ। साथै यसको पीक ब्राइटनेसमा पनि थप सुधार हुने अपेक्षा गरिएको छ। यसबाहेक केही अफवाहहरूले यसको डिस्प्ले बोर्डरहरू पूर्ववर्तीको भन्दा पातलो हुनेछ ९१.५५ मिमीदेखि १.१५ मिमीसम्म० भनेर दाबी पनि गरेका छन्।
त्यसैगरी पर्फमेन्सको लागि भनेर आईफोन १६ प्रो र प्रो म्याक्स ए१८ प्रो चिपले सुसज्जित हुने सम्भावना रहेको छ। साथै ए १८ प्रो चिपमा ए १७ प्रो को भन्दा धेरै सीपीयू पावर मात्र नभएर यसले डिभाइसमा भएका एआई टास्क (कार्यहरू) लाई अझ राम्रोसँग प्रदर्शन गर्न सक्षम हुने थप जनाइएको छ। ए १८ प्रो चिपलाई टीएसएमसीको दोस्रो पुस्ताको ३एनएम प्रक्रियामा बनाइएको भनिन्छ।
नन्–प्रो मोडेलहरूको सन्दर्भमा भने एप्पलले उही ए १८ प्रो चिप प्रयोग गर्नेछ वा गत वर्षको चिपसेट प्रयोग गर्नेछ भनेर अझै स्पष्ट नभएको उल्लेख गरिएको छ।
साथै कम्पनीले चिपसेटको मामलामा आईफोनहरूको पछिल्लो दुई पुस्तामा यस्तै तवर अपनाएको उल्लेख छ।साथै एप्पलले वास्तवमा आईफोन १६ र आईफोन १६ प्लस मा ए १७ प्रो चिप प्रयोग गर्ने योजना बनाएको छ भनि गत महिनाको एक रिपोर्टले उल्लेख गरेको थियो।
यद्यपि, ब्याकइन्ड कोडले भने कम्पनीले यस वर्षको नन्–प्रो मोडेलहरूमा “ए१८ चिपसेट” प्रयोग गर्नेछ भनेर सुझाव दिएको छ।
साथै यो ए १८ प्रो को थोरै कट–डाउन संस्करण हुन सक्ने थप उल्लेख गरिएको छ। यद्यपि हाल यी सबै अफवाहहरू भएको हुनले कम्पनीले आधिकारिक रुपमा यिनीहरुको बरे घोषणा गर्न भने अझै पनि बाँकी रहेको गीज्मोचाइनाले उल्लेख गरेको छ।