सुनको मूल्य पुनः आकासिने संकेत

काठमाडौ । यो साता विश्व बजारमा सुनको मूल्य बढ्दो क्रममा देखिएको छ । सुनको मूल्य पुनः आकासिने संकेत देखिनुमा अमेरिकी बजारको आर्थिक सूचकमा देखिएको सुस्तता मुख्य कारण रहेको विश्लेषकहरुले बताएका छन् ।

तोला हिसाब गर्दा नेपाली बजारमा साताको अन्तिम दिन शुक्रबार प्रतितोला १ लाख ४४ हजार ७ सय रपैयाँमा सुन कारोबार भयो ।

समग्रमा हेर्दा लामो समयदेखि सुनको मूल्य बढिरहेको छ । विश्व बजारमै माग बढी भएकाले मूल्य पनि बढेको हो । चीन लगायतका ठूला देशहरुले लगातारजसो सुनको भण्डारण बढाइरहेका छन् । यसले पनि थप माग सिर्जना भएको देखिन्छ ।

यस्तै, विश्वमा हुने अशान्ति, लडाईका कारण पनि सुन सञ्चयतर्फ नै लगानीकर्ता उत्साहित भएको अनुमान गरिएको छ । सञ्यच गर्न सजिलो, लगानीमा तुलनात्मकरुपमा कम जोखिम लगायतले पनि माग बढेको देखिन्छ । माग बढदै जाँदा मूल्य पनि थप बढ्ने संकेत देखिएको छ ।

साताको पहिलो दिन, अर्थात, आइतबारको तुलनामा दोस्रो दिन, सोमबार सामान्य घटेको सुनको भाउ   मंगलबार र बुधबार  स्थिर रहेको  थियो ।  तर मूल्य  बिहीबार र  शुक्रबार मूल्य उकालो लागेको छ ।

भारतीय रुपैयाँ कमजोर भई अमेरिकी डलर मजबुत बन्नुले पनि सुनको मूल्य वृद्धि भएको विश्लेषकहरुको तर्क छ । नेपाली बजारमा पनि यो साता सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ लाख २२ हजार ४३० रुपैयाँ रहेको  सुनको  भाउ सोमबार  घटेर १  लाख २१  हजार ९१५  रुपैयाँमा झरेको थियो ।

सुनको भाउ मंगलबार र बुधबार स्थिर रह्यो । पछि बिहिबार र शुक्रबार भने बढेको छ । शुक्रबारसम्म आइपुग्दा प्रति १० ग्राम सुनको भाउ १ लाख २४ हजार ५५ रुपैयाँ पुगेको छ ।

यो साता नेपाली बजारमा चाँदीको मूल्य पनि सामान्य बढेको छ । साताको पहिलो दिन अर्थात, आइतबार प्रति १० ग्राम १ हजार ५६० रुपैयाँ रहेको मूल्य शुक्रबारसम्म आइपुग्दा प्रति १० ग्राम १ हजार ५९९ रुपैयाँ कायम भएको छ ।

यस्तो रह्यो साताभर सुन–चाँदीको मूल्य