काठमाडौँ । आज (सोमबार)का लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
यस्तै, अमेरिकी डलर एकको खरिद दर १३२.५३ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.१३ रुपैयाँ रहेको छ ।
त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२.८१ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.४६ रुपैयाँ रहेको छ ।
यस्तै बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६६.९९ रुपैयाँ रहेको छ भने बिक्री दर १६७.७४ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८६.५७ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.९६ रुपैयाँ रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५.३४ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.५० रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २७.७२ रुपैयाँ रहेको छ भने बिक्री दर २७.८५ रुपैयाँ रहेको छ ।































