काठमाडौं। सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले आफ्ना सेयरधनीलाई ९।२६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।
कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२र८३ सम्मको वितरणयोग्य सञ्चित मुनाफाबाट करसहित ९।२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
कम्पनीले आफ्नो एघारौं वार्षिक साधारणसभा यही असोज ३० गते शुक्रबार गर्ने भएको छ। साधारणसभा प्रयोजनका लागि कम्पनीले असोज १९ गते सोमबार सेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ।
यसअनुसार असोज १६ गते शुक्रबारसम्म कारोबार भई नामसारी भएका सेयरधनीहरू साधारणसभामा सहभागी हुन तथा घोषित नगद लाभांश प्राप्त गर्न योग्य हुनेछन्।




























