बजारमा आज सुन चाँदीको भाउ घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १७ सय रुपैयाँले घटेको हो।

योसँगै प्रतितोला सुन ३ लाख २ हजार २ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला ३ लाख ३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको भाउ पनि घटेको छ ।

आज चाँदी तोलामा ३० रुपैयाँले घटेको हो । यससँगै आज चाँदी तोलामा ४७ सय ७५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४८ सय ५ रुपैयाँमा किनबेच भएको थियो।