सुपर हेवा पावर कम्पनीको १६औँ वार्षिक साधारण सभा असोज २५ गते

काठमाडौं । सुपर हेवा पावर कम्पनी लिमिटेडले सेयरधनीलाई ३.१५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको असोज २ गते बसेको बैठकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

साधारण सभामा गत आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा सोही आर्थिक वर्षको लेखापरीक्षणसहितको वार्षिक वित्तीय विवरण पारित गर्नेछ ।

त्यस्तै, चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि साधारण सभामा पेस हुनेछ ।

यसैगरी, साधारण सभाबाट सञ्चालक समिति गठन गर्ने प्रस्ताव रहेको छ । चार जना सञ्चालकको निर्वाचनसमेत साधारण सभा मार्फत गरिने कम्पनीले जनाएको छ ।

साधारण सभा असोज २५ गते काठमाडौंको सानोभर्याङस्थित बुद्ध प्यालेस पार्टी भेन्यूमा बिहान ११:३० बजे १६औँ वार्षिक साधारण सभा बोलाएको छ ।