शाओमीले चीनमा करिब ४८ लाख रुपैयाँमा नयाँ रेन्ज एक्सटेन्डेड हाइब्रिड एसयूभी स्काइनोम्याड एन७० लन्च गरेको छ।
स्काइनोम्याड एन७० रियर ह्विल ड्राइभ भएको एन७० प्रो र अल ह्विल ड्राइभ भएको एन७० म्याक्स गरी २ भेरियन्टमा उपलब्ध छ ।
कम्पनीका अनुसार एन७० म्याक्स भेरियन्टले इलेक्ट्रिक मोडमा ५०५ किलोमिटरसम्मको रेन्ज दिन्छ भने पेट्रोल र ब्याट्रीको संयुक्त प्रयोगबाट कुल रेन्ज १४६१ किलोमिटरसम्म रेन्ज दिन्छ ।
स्काइनोम्याड एन७० को लम्बाइ ४९६० एमएम, चौडाइ १९९८ एमएम र उचाइ १७६५ एमएम रहेको छ भने ह्विलबेस २९५० एमएम छ।
सो एसयूभीमा ब्लक–शैलीका हेडलाइट, सेमी हिडन डोर ह्यान्डल, रिङ शेप्ड टेललाइट र १९ वा २१ इन्चका अलोय ह्विल उपलब्ध छ ।
एसयूभीको फ्रन्ट सिटलाई १८० डिग्रीसम्म घुमाउन सकिन्छ, जसले पछाडिका यात्रुसँग आमनेसामने भएर बस्न सकिने सुविधा दिन्छ।
सिटमा १६ पोइन्ट मसाज र जीरो ग्राभिटी मोडसमेत उपलब्ध छ। यसमा सेकेन्ड रो सिटलाई १३५ डिग्रीसम्म झुकाउन सकिन्छ भने सिट हिटिङ र भेन्टिलेसन पनि उपलब्ध छ । पछाडिका यात्रुका लागि १४१० एमएमको लेगरुम प्रदान गरिएको छ।
सो एसयूभीको ड्यासबोर्डमा १६.१ इन्चको टचस्क्रिन, ८.८ इन्चको एलसीडी इन्स्ट्रयुमेन्ट क्लस्टर र २० इन्चको हेडअप डिस्प्ले राखिएको छ। पछाडिका यात्रुका लागि छतमा २१.४ इन्चको ठुलो स्क्रिन जडान गरिएको छ।
साथै यसमा ९ लिटर क्षमताको मिनी फ्रिज, २५६ रङको एम्बियन्ट लाइटिङ, रियर कन्ट्रोल स्क्रिन र ४८९० वाट आउटपुट भएको २५ स्पिकर साउन्ड सिस्टम जस्ता फिचर रहेको छ । यसबाहेक यसमा १२०३ लिटरको बुट स्पेस रहेको छ ।
यसमा १।५ लिटरको पेट्रोल इन्जिन जडान गरिएको छ, जसले १५० एचपी उत्पादन गर्छ। एन७० म्याक्समा एयर सस्पेन्सन पनि उपलब्ध छ। सो भेरियन्टले ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति केवल ५।५ सेकेन्डमा लिन सक्छ भने यसको अधिकतम गति १९० किलोमिटर प्रतिघण्टा रहेको छ।































