काठमाडौं । शाओमीले उच्च क्षमताको ब्याट्री र शक्तिशाली कार्यक्षमतासहित रेडमी नोट १७ सिरिज सार्वजनिक गरेको छ। नयाँ सिरिजमा रेडमी नोट १७, रेडमी नोट १७ ५जी, रेडमी नोट १७ प्रो ५जी र रेडमी नोट १७ प्रो म्याक्स ५जी रहेका छन्। लामो समयसम्म चल्ने ब्याट्रीका कारण बारम्बार चार्जर बोक्नुपर्ने झन्झट कम हुने कम्पनीले जनाएको छ।
रेडमी नोट १७ र नोट १७ ५जी मा ७,७०० एमएएच क्षमताको ब्याट्री र ४५ वाट टर्बो चार्जिङ दिइएको छ। त्यस्तै, रेडमी नोट १७ प्रो ५जी मा ८,३४० एमएएच ब्याट्री र ६७ वाट हाइपरचार्ज रहेको छ।
यसैगरी, रेडमी नोट १७ प्रो म्याक्स ५जी मा १०,००० एमएएच क्षमताको ठूलो ब्याट्री, १०० वाट हाइपरचार्ज र २७ वाट रिभर्स चार्जिङ सुविधा रहेको छ। कम्पनीका अनुसार यसको ब्याट्री एकपटक पूर्ण चार्ज गर्दा ७२ घण्टासम्म प्रयोग गर्न सकिन्छ। साथै, २० मिनेट चार्ज गर्दा एक दिनसम्म प्रयोग गर्न पुग्ने ब्याट्री क्षमता प्राप्त हुने कम्पनीको दाबी छ।
सिरिजमा समावेश रेडमी टाइटन ब्याट्री सिस्टम ले ब्याट्रीको आयु बढाउनुका साथै ऊर्जा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने कम्पनीले जनाएको छ।
आकर्षक डिस्प्ले र उन्नत क्यामेरा: प्रो मोडलमा ६.८३ इन्चको १.५के एमोलेड डिस्प्ले, १२० हर्ज रिफ्रेस रेट तथा अधिकतम ३,५०० निट्ससम्मको ब्राइटनेस रहेको छ।
त्यस्तै, रेडमी नोट १७ र नोट १७ ५जी मा ६.९९ इन्चको एफएचडी+ एमोलेड डिस्प्ले दिइएको छ।
क्यामेरातर्फ, रेडमी नोट १७ र नोट १७ ५जीमा ५० मेगापिक्सेल मुख्य क्यामेरा र १६ मेगापिक्सेल फ्रन्ट क्यामेरा रहेको छ। रेडमी नोट १७ प्रो ५जी मा ५० मेगापिक्सेल मुख्य, ८ मेगापिक्सेल अल्ट्रा–वाइड र १६ मेगापिक्सेल फ्रन्ट क्यामेरा रहेको छ।
त्यसैगरी, रेडमी नोट १७ प्रो म्याक्स ५जी मा ५० मेगापिक्सेल मुख्य, ८ मेगापिक्सेल अल्ट्रा–वाइड र ३२ मेगापिक्सेल फ्रन्ट क्यामेरा दिइएको छ।
मजबुत संरचना र शक्तिशाली प्रदर्शन: प्रो मोडलहरू रेडमी टाइटन स्ट्रक्चर सहित निर्माण गरिएका छन्।
यी मोडलमा धुलो तथा पानीबाट सुरक्षाका लागि आईपी६६, आईपी६८, आईपी६९ र आईपी६९के स्तरको सुरक्षा रहेको छ। रेडमी नोट १७ र नोट १७ ५जीमा भने आईपी६५ स्तरको सुरक्षा दिइएको छ।
प्रदर्शनका लागि सिरिजका विभिन्न मोडलमा स्न्यापड्रागन ६ जेन ५, स्न्यापड्रागन ६एस जेन ४, स्न्यापड्रागन ६एस ४जी जेन २ र स्न्यापड्रागन ४ जेन ४ चिपसेट प्रयोग गरिएको छ।
मूल्य : नेपालमा रेडमी नोट १७ सिरिजका विभिन्न भेरियन्टको मूल्य यसप्रकार रहेको छ:
रेडमी नोट १७ को ६जीबी र्याम तथा १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य रु. ४२,९९९ तोकिएको छ भने ८ जीबी र्याम तथा २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य रु. ४७,९९९ रहेको छ।
त्यसैगरी, रेडमी नोट १७ ५जी को ६ जीबी र्याम तथा १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य रु. ४७,९९९ र ८ जीबी र्याम तथा २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य रु. ५२,९९९ रहेको छ।
रेडमी नोट १७ प्रो ५जी अन्तर्गत ८ जीबी र्याम तथा २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य रु. ५७,९९९ र १२ जीबी र्याम तथा ५१२ जीबी स्टोरेज भेरियन्टको मूल्य रु. ६४,९९९ तोकिएको छ।
त्यस्तै, रेडमी नोट १७ प्रो म्याक्स ५जी को ८ जीबी र्याम तथा २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य
रु. ६९,९९९ र १२ जीबी र्याम तथा ५१२ जीबी स्टोरेज भेरियन्टको मूल्य रु. ७९,९९९ रहेको छ।
उपलब्धता : रेडमी नोट १७ र नोट १७ ५जी सेलेस्टियल पर्पल, स्काई टिल र ब्ल्याक रङमा उपलब्ध छन्। रेडमी नोट १७ प्रो ५जी स्काई ब्लु, साटिन ओरेन्ज, पर्पल र ब्ल्याकमा उपलब्ध छ। प्रो म्याक्स ५जी भने क्लाउड ब्लस, ग्रिन, पर्पल र ब्ल्याक रङमा उपलब्ध छ।
निःशुल्क रेडमी बड्स ६ प्ले : रेडमी नोट १७ प्रो सिरिज खरिद गर्ने ग्राहकले रु. २,४९९ मूल्य पर्ने रेडमी बड्स ६ प्ले निःशुल्क प्राप्त गर्नेछन्। यो अफर फोन सार्वजनिक भएको मितिदेखि सेप्टेम्बरको अन्त्यसम्म लागू हुने कम्पनीले जनाएको छ।
त्यस्तै, ग्राहकले नेपालभरका आधिकारिक बिक्रेतामार्फत नागरिकता प्रस्तुत गरी डाउन पेमेन्ट गरेपछि शून्य प्रतिशत ब्याजदरको ईएमआई सुविधा समेत लिन सक्नेछन्।





























