काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज दुई कम्पनीको ८५ लाख बढी कित्ता शेयर थपिएको छ। नेप्सेमा चिलिमे हाइड्रोपावर कम्पनी र प्रभु इन्स्योरेन्सको कुल ८५ लाख ६ हजार ७४९.१९ कित्ता बोनस शेयर सूचीकृत भएको हो।
जसमा चिलिमे हाइड्रोपावरको ७० लाख २५ हजार ९१७.५४ कित्ता र प्रभु इन्स्योरेन्सको १४ लाख ७९ हजार ८३१.६५ कित्ता बोनस शेयर रहेको छ।
अघिल्लो आर्थिक वर्षमा चिलिमे हाइड्रोपावरले ८ प्रतिशत र प्रभु इन्स्योरेन्सले ८.७० प्रतिशत बोनस शेयर वितरण गरेका थिए। सोही शेयर आज नेप्सेमा सूचीकृत भएको हो।































