काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १० लाख सहयोग गर्ने भएको छ । नाडाले तत्काल राहत तथा पुनरुत्थानका कार्यमा सहयोग पुर्याउने उद्देश्यले कोषमा १० लाख रुपैयाँ आर्थिक सहयोग पठाउने निर्णय गरेको हो ।
यस राष्ट्रिय विपद्को घडीमा नाडा सदैव राज्यको साथमा उभिने समे आग्रह गरेको छ । नेपालका सम्पूर्ण अटो मोबाइल व्यवसायीहरूलाई एकबद्ध भई सहकार्य गर्दै उद्धार र राहतमा सहयोग पुर्याउन समेत नाडाले आह्वान गरेको छ ।
विपद्को यस कठिन घडीमा सरकार, निजी क्षेत्र, व्यवसायी तथा आम नागरिक सबैको सामूहिक प्रयासबाट प्रभावित क्षेत्रको उद्धार, राहत र पुनर्निर्माणलाई प्रभावकारी बनाउन सकिने अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले बताए ।































