काठमाडौं । सुपर मादी हाइड्रोपावरको भदौ ८ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरूका लागि लाभांश घोषणा गरेको छ।
बैठकले गत आर्थिक वर्ष २०८२/८३ सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूँजी २ अर्ब ३१ करोड ५२ लाख ५० हजार रुपैयाँको १५ प्रतिशतका दरले बोनस शेयर र ०.७८९४७ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरण गर्ने निर्णय गरेको हो।
उक्त लाभांश अब बस्ने कम्पनीको १७औं वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सम्बन्धित शेयरधनीहरूका वितरण हुनेछ। कम्पनीको साधारणसभा आउँदो असोज १ गते काठमाडौंको बत्तिसपुतलीस्थित होटल इम्पेरियलमा बस्ने र यसका लागि भदौ २३ गते बूक क्लोज गरिने कम्पनीले जनाएको छ।
































