नेप्से परिसूचक दोहोरो अंकले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १९ दशमलव ३४ अङ्कले घटेर दुई हजार ६२२ दशमलव ४८ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ५५ अङ्कले घटेर ४६१ दशमलव शून्य नौमा पुगेको छ ।

त्यस्तै फ्लोट सूचक एक दशमलव ३० अङ्कले घटेर १७९ दशमलव ९७ मा पुगेको छ । सेन्सेटिभ फ्लोट सूचक भने शून्य दशमलव ८८ अङ्कले घटेर एक सय ५५ दशमलव ७६ मा पुगेको छ ।

आज विभिन्न कम्पनीका एक करोड ५१ लाख ९६ हजार ९८२ कित्ता सेयर रु पाँच अर्ब सात करोड ३५ लाख १८ हजार ६६२ मूल्यमा खरिद बिक्री भएको छ ।

आज १३ मध्ये एउटा उपसमूहको सेयर मूल्य बढेको छ भने १२ उपसमूहको मूल्य घटेको छ । आज ५६ कम्पनीको  सेयर मूल्य बढ्नुका साथै २१८ कम्पनीको सेयर घटेको छ भने पाँच कम्पनी स्थिर छन् ।

नेप्सेका अनुसार आज सर्वोत्तम पेन्ट्स इन्डिष्ट्रज, माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट कम्पनी र मनकामना इञ्जिनियरिङ हाइड्रोपावर कम्पनीका लगानीकर्ताले आज कमाएका छन् ।

त्यस्तैगरी सगरमाथा जलविद्युत् कम्पनी, खानीखोला हाइड्रोपावर र सिद्धार्थ इक्युटि फण्डका लगानीकर्ताले गुमाएका छन् ।