काठमाडौं । नेपाल टेलिकमको गत आर्थिक वर्ष २०८२/८३ काे चौथो त्रैमासिकसम्म कुल सञ्चालन आय रु. ३४ अर्व ९५ करोड ०४ लाख रहेको छ। उक्त रकम अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको कुल सञ्चालन आय रु. ३३ अर्व ८९ करोड ४५ लाखको तुलनामा रु. १ अर्ब ५ करोड ५९ लाख अर्थात ३.१२ प्रतिशतले बढी हाे।
नेपाल टेलिकमकाे गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्म कुल आय रु. ३९ अर्व १९ करोड ९६ लाख रहेको छ। उक्त रकम गत अघिल्लो आर्थिक वर्षको सोहि अवधिको कुल आय रु.३८ अर्व १८ करोड ८१ लाखको तुलनामा रु. १ अर्ब ०१ करोड १५ लाख अर्थात २.६५ प्रतिशतले बढी हाे ।
गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्म Earnings Before Interest, Taxes, Depreciation and Amortization (EBITDA) रु.२० अर्व ४८ करोड ०१ लाख रहेको छ। उक्त रकम अघिल्लो आर्थिक वर्षको सोहि अवधिको कर अघिको मुनाफा रु. १८ अर्व ४९ करोड ६० लाखको तुलनामा रु. १ अर्ब ९८ करोड ४१ लाख अर्थात १०.७३ प्रतिशतले बढी हाे।
गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्म कर अघिको मुनाफा रु. १३ अर्व २६ करोड ४७ लाख रहेको छ। उक्त रकम अघिल्लो आर्थिक वर्षको सोहि अवधिको कर अघिको मुनाफा रु.९ अर्व ८५ करोड ०२ लाखको तुलनामा रु. ३ अर्ब ४१ करोड ४५ लाख अर्थात ३४.६६ प्रतिशतले बढी हाे।
गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्म खुद मुनाफा रु.८ अर्व ८६ करोड ४६ लाख रहेको छ। उक्त रकम अघिल्लो आर्थिक वर्षको सोहि अवधिको खुद मुनाफा रु. ६ अर्व ६७ लाखको तुलनामा रु. २ अर्ब ८५ करोड ७९ लाख अर्थात ४७.५८ प्रतिशतले बढी हाे ।
नेपाल टेलिकमको प्रति शेयर आम्दानी रु. ४९.२५ रहेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा राजश्व तथा खुद मुनाफामा परिवर्तन हुनुको प्रमुख कारणहरु निम्नानुसार रहेको नेपाल टेलिकमले जनाएकाे छ।
ब्याज दर क्रमिक रूपमा घट्नुको कारणले व्याज आयमा अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको तुलनामा व्याज आय करिब रु.८६ करोड १९ लाख अर्थात् २२.८८ प्रतिशतले घटी भएको छ। राजश्व बढ्नुमा भ्याट तर्फको राजश्व अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको तुलनामा ६४ करोड ५४ लाख अर्थात २.२८ प्रतिशतले बढेको छ।
नेपाल टेलिकम राष्ट्रको संचार भएकोले बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको छ।
































