काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले गत आर्थिक वर्ष २०८२/८३ को अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। वित्तीय विवरण अनुसार बैंकको खुद नाफा र प्रति शेयर आम्दानी घटेको छ ।
गत असार मसान्तसम्ममा बैंकले ९८ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा १९.९८ प्रतिशतले गिरावट हो। अघिल्लो वर्षको यसै अवधिमा बैंकले १ अर्ब २३ करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
अघिल्लो आर्थिक वर्ष १ अर्ब ९० करोड रहेको बैंकको खुद ब्याज आम्दानी समीक्षा अवधिमा २३.८९ प्रतिशत घटेर १ अर्ब ४४ करोडमा सीमित भएको छ।
ग्राहक तथा पूर्वाधार आयोजनाहरूमा प्रवाह भएको कर्जा २४ अर्ब ९४ करोड रुपैयाँबाट बढेर ३१ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ। बैंकले कुल ५६ अर्ब १३ करोड रुपैयाँ कर्जा स्वीकृत गरिसकेको छ। बैंकको निक्षेप सङ्कलन ७ अर्ब ६८ करोड रुपैयाँबाट सामान्य बढेर ७ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ।
बैंकको कुल सम्पत्ति ४१ अर्ब ८४ करोड रुपैयाँ कायम रहेको छ। बेस रेट ६।९७ प्रतिशतबाट घटेर ६।७७ प्रतिशत कायम भएको छ। बैंकको सिडी रेशियो ७९.९२ प्रतिशत रहेको छ। प्रति शेयर आम्दानी ४ रुपैयाँ ५७ पैसा र प्रति शेयर नेटवर्थ ११७ रुपैयाँ २२ पैसा रहेको छ ।






























