काठमाडौं । एभरेष्ट कलरले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ आज बिहीबार बाँडफाँड हुँदैछ। कम्पनीको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले बिहीबार बिहान ८ः३० बजे शेयर बाँडफाँड गर्न लागेको हो।
कम्पनीले जेठ २२ देखि जेठ २७ गतेसम्म आम सर्वसाधारणलाई ६ करोड ५५ लाख ७० हजार रुपैयाँ बराबरको ६ लाख ५५ हजार ७०० कित्ता शेयर निष्काशन गरेको थियो। कम्पनीको आइपओमा दुई गुणा बढीको आवेदन परेको छ ।
नेपाल धितोपत्र बोर्डले वैशाख २ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो । २०६८ सालमा स्थापना भई एभरेष्ट कलर लिमिटेडले नेपाली बजारमा रङ्ग उत्पादन तथा विक्रि वितरण गर्दै आईरहेको छ ।




























