काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज करिब २० देशका राजदूतसँग एकसाथ भेटवार्ता गर्ने भएका छन् ।
प्रधानमन्त्री शाहले आज मध्याह्न १२ बजे सिंहदरबारमा नेपालमा रहेका विभिन्न करिब २० देशका राजदूतसँग भेटवार्ता गर्ने कार्यसूची रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
विगतका प्रधानमन्त्रीहरूले राजदूतहरूलाई एक्लाएक्लै भेट्ने गरेकोमा प्रधानमन्त्री शाहले नयाँ अभ्यासको सुरुवात गर्न लागेका छन् । नेपालमा रहेका विभिन्न देशका राजदूतलाई यसरी भेट्नुलाई विशेष चासोका रूपमा हेरिएको छ ।































