skip this prime bank skip

माउन्टेन इनर्जीको लाभांश घोषणा

काठमाडौं । माउन्टेन इनर्जी नेपालले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

जसमा २० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद लाभांश छन्। लाभांश अनुमोदन गर्न कम्पनीले मंसिर २९ गते वार्षिक साधारणसभा डाकेको छ।

विद्युत नियमन आयोगको स्वीकृतिपछि साधारणसभाको प्रक्रिया अगाडि बढाइने कम्पनीले जनाएको छ।

लाभांश र वार्षिक साधारण सभा प्रयोजनार्थ कम्पनीले मंसिर १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर १७ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र साधारण सभामा भाग लिन योग्य हुनेछन्।