प्रतिकूल मौसमका कारण आन्तरिक उडान बन्द

काठमाडौं । प्रतिकूल मौसमका कारण त्रिभुवन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिक उडान बन्द भएका छन् ।

देशभर मनसुन सक्रिय भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको हो । बिहानसम्म केही उडानहरू भएपनि अहिले उडान बन्द गरिएको हो । अन्तर्राष्ट्रिय उडान भने नियमित रुपमा सञ्चालन भइरहेको छ ।