काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक शेयरधनी (समूह क) को को नाममा रहेको ३९ हजार ४२० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।
उक्त शेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । कम्पनीले यसअघि ३५ दिने सूचना जारी गर्दै विद्यमान संस्थापक शेयरधनीहरुका लागि उक्त शेयर बिक्रीमा राखेको थियो ।
तर विद्यमान संस्थापकहरुबाट कुनै पनि लिखित आवेदन नपरेपछि आम सर्वसाधारणलाई शेयर बिक्री गर्न लागिएको हो ।
शेयर खरिद गर्न चाहने इच्छुक लगानीकर्ताले पोखरामा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवश्यक कागजातसहित लिखित आवेदन दिनुपर्नेछ। यस्तो आवेदन सूचना प्रकाशित भएको १५ दिनभित्र दिनुपर्नेछ।