काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ २३ गतेदेखि बिक्रीमा ल्याएको १३ हजार ४ सय कित्ता संस्थापक शेयर खरिदका लागि आवेदन दिने म्याद थप गरेको छ ।
बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडका अनुसार शुरुमा आज (भदौ २९) गतेसम्मका लागि बिक्री खुला गरिएको भए पनि देशमा देखिएको विषम परिस्थितिलाई मध्यनजर गर्दै म्याद थप गरिएको हो । अब लगानीकर्ताले असोज २ गते दिउँसो ३ बजेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।
शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५२५ रुपिँया तोकिएको छ । उक्त शेयर खरिदका लागि लघुवित्तकै विद्यमान संस्थापक शेयरधनीका साथै अन्य व्यक्ति तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम १ हजार कित्ताका लागि र अधिकतम सम्पूर्ण कित्ताका लागि बोलपत्र आवेदन पेश गर्नुपर्नेछ ।
































