दशैँ किनमेललाई भब्य बनाउँदै दराजः ९.९ दशैँ धमाका बडा दशैं, बडा तयारीको घोषणा

काठमाडौं । समस्त नेपालीहरुको महान चाड बडा दशैं नजिकिँदै गर्दा, नेपालकै अग्रणी अनलाइन किनमेल प्लेटफर्म दराज नेपाललेले आफ्नो बहुप्रतिक्षित वार्षिक अभियान ९.९ दशैँ धमाका – “बडा दशैं, बडा तयारी” सुरु गरेको घोषणा गरेको छ ।

यस वर्षको दशैँ धमाका र दराजको वार्षिकोत्सव संग सँगै परेको छ । यस कारण पनि दराज नेपालले यो बर्षको ९.९ दशैँ धमाका, “बडा दशैं, बडा तयारी”का माध्यमबाट उपभोक्ताहरूको दशैं किनमेल अनुभवलाई अझ विशेष, रोमाञ्चक र लाभदायी बनाउने लक्ष्य लिएको छ ।

भदौ २४ देखि असोज ७ , २०८३ (सेप्टेम्बर ९ – २३, २०२५) सम्म चल्ने यो सेलमार्फत उपभोक्ताहरूले ७५% सम्मको छुट, निःशुल्क डेलिभरी र रु १ लाखभन्दा बढीको खरिदमा रु १०,००० सम्मका फ्ल्याट भौचरहरू प्राप्त गर्न सक्नेछन् ।

यस वर्षको दशैँलाई अझ भव्य बनाउने उद्देश्यका साथ दराजले आफ्ना प्लेटिनम पार्टनरहरू सेताफिल, एईविबी, एंकर, यूनिलिभर, होनासा, गायत्री ग्रुप, न्यूलाइट, रोह्टो, मसलब्लेज र ब्राण्डहाउस मार्फत ७०%सम्म छुट उपलब्ध गराउने छ ।

गोल्ड पार्टनरहरू मारिको, डा.शेठ्स, ग्रिन लाइफ एक्स्पेरियन्स र मामिपोकोका तर्फबाट ६०% सम्म छुट उपलब्ध हुनेछन् भने सिल्भर पार्टनरहरू न्यानो, ट्रिकाया र फ्यानटेकले ४०% सम्म छुट उपलब्ध गराइने ब्यवस्था मिलाइएको जानकारी दिइएको छ ।

यसका अतिरिक्त भ्यान्स, कन्भर्स, एर्के, लोट्टो, पोषिलो फुड्स, ब्रिल्एर, अस्टाबेरी र अलेवा लगायत ५० भन्दा बढी अग्रणी ब्रान्डहरूमा ५०% भन्दा बढी छुट उपलब्ध गराइनेछ ।

यसले उपभोक्तालाई दशैँको तयारीका लागि आवश्यक हरेक सामग्रीदेखि फेशन र जीवनशैली लगायतका उत्पादनसम्म सबथोक एकैपटक एकै स्थानमा सहजै किन्ने अवसर प्रदान गर्ने उद्देश्य दराजले लिएको छ ।

दशैँ धमाका अन्तर्गत दराजले सातओटा प्रमुख बैंकहरूसँग सहकार्य गरी प्रिपेमेन्ट छुट पनि उपलब्ध गराउने जानकारी दिएको छ ।

यस अन्तर्गत क्रेडिट कार्ड प्रयोगकर्ताले १५% छुट (रु १,५०० सम्म) र डेबिट कार्ड प्रयोगकर्ताले १०% छुट (रु १,००० सम्म) पाउनेछन् ।

यस अभियानमा सहभागी बैंकहरूमा नबिल बैंक, हिमालयन बैंक, सानिमा बैंक, प्रभु बैंक, ज्याति बिकास बैंक, महालक्ष्मी बिकास बैंक र गरिमा बिकास बैंक रहेका छन् ।

अभियान अवधिभर, उपभोक्ताहरु माझ लोकप्रिय निःशुल्क डेलिभरी सुविधा पनि यथावत रहनेछ । न्यूनतम रु ४९९ को खरिद गर्दा छानिएका उत्पादनहरूमा डेलिभरी निःशुल्क हुने कम्पनीले जानकारी दिएको छ ।

यसका लागि ग्राहकहरूले दराज एपको होमपेजमा रहेको फ्रि डेलिभरी ब्यानरमा क्लिक गरी भौचर संकलन गर्नु पर्ने हुन्छ ।

दराजको दशैँ धमाका अभियान केवल छुट र अफरमा मात्र सीमित छैन । उपभोक्ताहरूलाई सहज भुक्तानी, फास्ट डेलिभरी, विश्वासिलो रिटर्न प्रणाली सहित पृथक तथा अविस्मरणीय किनमेल अनुभव प्रदान गर्न पनि दराज प्रतिबद्ध देखिन्छ ।