प्रभु महालक्ष्मी लाइफको क्लव एचिभर्स अवार्ड सेरेमोनी भव्य रुपमा सम्पन्न

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको क्लव एचिभर्स अवार्ड सेरेमोनी २०८१/८२ सम्पन्न भएको छ ।

देशैभरिबाट उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरु र उच्च व्यवस्थापकहरुको उपस्थितिमा क्लव एचिभर्स अवार्ड सेरेमोनी २०८१/८२ भव्यताका साथ सु–सम्पन्न गरेको हो । कार्यक्रम भाद्र १६ गतेबाट भाद्र १९ गतेसम्म ४ दिन पोखरामा सञ्चालन भएको हो ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका संचालक समिति सदस्य समशेर पराजुलीले पानसमा दीप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्नुभयो ।

कार्यक्रममा उत्कृष्ट व्यवसाय गरी चियरम्यान क्लव, सिइयो क्लव, कर्पोेरेट क्लव हासिल गर्नु भएका अभिकर्ताहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका संचालक समिति सदस्य श्री समशेर पराजुलीज्यूले बीमा व्यवसायमा अब्बल रहि विभिन्न क्लवहरुमा सम्मानित हुनु भएका उत्कृष्ट अभिकर्ताहरुलाई बधाई ज्ञापन गर्नुभयो ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले अभिकर्ताहरुको योगदानको उच्च कदर गर्दै आगामी दिनमा अझै उत्कृष्ट व्यवसाय गर्न उत्प्रेरणा दिनुभयो ।

सोही कार्यक्रमको अवसर पारेर प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले मेट्रिक्स फाइट नाइट (एमएफएन) २०२५ का विजेता श्री रविन्द्र ढाँटज्यूलाई नगद १ लाख ११ हजार १ सय ११ सहित विशेष सम्मान गरिएको थियो ।

सम्मानित भएपछि कार्यक्रमलाई सम्बोधन गर्दै  रविन्द्र ढाँटले आफ्नो संघर्ष र सफलताको कथा शेयर गर्नुभयो । उहाँले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स परिवारलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि साथ रहने बताउनु भयो ।

कार्यक्रममा सर्टिफाइड एनएलपी ट्रेनर एण्ड कोच  मिन घलेको व्यवसायी जीवनमा व्यवहारिक बीमा बिक्रीकला सम्बन्धी उत्प्रेरणात्मक सेसन रहेको थियो । यसका साथै विभिन्न सांस्कृतिक र मनोरञ्जनात्कम कार्यक्रमले रौनकता थपिएको थियो ।