काठमाडौं । लक्ष्मी सनराइज क्यापिटल दरमखोला हाइड्रो इनर्जी लिमिटेडको शेयर रजिष्ट्रारमा नियुक्त भएको छ ।
कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार यस कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका कार्यका लागि लक्ष्मी सनराइज क्यापिटललाई शेयर रजिष्ट्रार नियुक्त गरिएको हो । योसँगै शेयर रजिष्ट्रारअन्तर्गतका सबै काम लक्ष्मी सनराइज क्यापिटलमार्फत हुनेछ ।































