काठमाडौं । भदौ १६ गतेदेखि बुंगल हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि आईपीओ बिक्री खुलाउने भएको छ । कम्पनीले जारी पुँजी ८३ करोडको को ३५ प्रतिशत अर्थात् प्रतिकित्ता १०० रुपियाँका दरले २९ लाख ५ हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
जसअनुसार पहिलो चरणमा ८ लाख ३० हजार कित्ता आयोजना प्रभावित र २ लाख ७ हजार ५०० कित्ता आईपीओ श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गएका नेपालीका लागि निष्कासन गरीकन बाँडफाँट गरिसकेको छ ।
त्यसपछि १ लाख ३ हजार ७५० कित्ता सामूहिक लगानी कोष र ६२ हजार २५० कित्ता कम्पनीका कर्मचारीलाई सुरक्षित गरी बाँकी १७ लाख १ हजार ५०० कित्ता शेयर सर्वधारणसमा निष्कासन गर्न लागेको हो । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
आवेदन छिटोमा भदौ १९ र ढिलोमा ३० गतेसम्म दिन सकिनेछ । पछिल्लो समय आईपीओ आवेदन दिनेको संख्या हेर्दा तोकिएकै मितिभित्र पर्याप्त आवेदन पर्ने देखिन्छ ।































