रिभर फल्स पावरले भदौ २३ गतेदेखि हकप्रद शेयर बिक्री गर्ने

काठमाडौं । रिभर फल्स पावर लिमिटेडले यही भदौ २३ गतेदेखि शतप्रतिशत हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले ७० करोड रुपियाँ बराबरको प्रतिकित्ता १०० अंकित दरमा १ः१ अनुपातमा ७० लाख कित्ता हकप्रद निष्कासन गर्न लागेको हो ।

सोही प्रयोजनका लागि कम्पनीले साउन २६ गते १ दिन बुक क्लोज गरिसकेको छ । साउन २२ गतेसम्म नेप्सेमा कायम रहेका शेयरधनीले मात्रै कम्पनीको हकप्रद शेयर भर्न पाउनेछन् ।

हकप्रद निष्कासन बन्द असोज १२ गते हुनेछ । कम्पनीको हकप्रद निष्कासनको कार्य प्रभु क्यापिटल लिमिटेड रहेको छ ।