काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले कुल २३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । प्रतिकित्ता न्यूनतम मूल्य ३९० रुपियाँ तोकिएको छ ।
यही मूल्यमा शेयर खरिद गर्न चाहने संस्थाका हाल कायम संस्थापक शेयरधनीले ३५ दिनभित्र आफूले खरिद गर्ने शेयर कित्ताको विवरण खुलाई लघुवित्तको केन्द्रीय कार्यालय मध्यबानेश्वर, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।
तोकिएको समयभित्र पर्याप्त आवेदन नपरेमा उक्त शेयर सर्वसाधारणका लागि बिक्री खुला गरिने लुघवित्तले जनाएको छ ।






























