स्वस्तिक लघुवित्तको आईपीओमा आजदेखि आवेदन खुला

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (साउन ३० गते) देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दैछ ।

लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँटपश्चात सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।

लघुवित्तले जारी पुँजीको ४० प्रतिशतले हुन आउने २ करोड ३१ लाख रुपियाँबराबरको २ लाख ३१ हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो ।

सोमध्ये पहिलो चरणमा १ हजार १५५ कित्ता शेयर कर्मचारीका लागि, ११ हजार ५५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि र २३ हजार १०० कित्ता शेयर विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि निष्कासन गरेको थियो ।

बाँकी रहेको १ लाख ९५ हजार १९५ कित्ता शेयर सर्वसाधारणमा निष्कासन गर्न लागिएको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले जनाएको छ । यो शेयरमा भदौ ३ गतेसम्म आवेदन दिन सकिनेछ ।