skip this prime bank skip

आज असार ३१ गतेदेखि बरुण हाइड्रोपावरको शतप्रतिशत हकप्रद शेयर बिक्री खुला

काठमाडौं । आज असार ३१ गतेदेखि बरुण हाइड्रोपावर कम्पनीले हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

यस अनुसार कम्पनीले ५३ करोड ५८ लाख १५ हजार रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले जेठ २२ गते बुकक्लोज गरेको थियो। यस अनुसार जेठ २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद शेयरमा साउन १९ गतेसम्म आवेदन दिन सकिनेछ।