राष्ट्रपतिबाट ३ वटा विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ३ वटा विधेयक प्रमाणीकरण गरेका छन् । संघीय संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेश भएका ती विधेयहरु राष्ट्रपतिबाट सोमबार प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यसरी प्रमाणीकरण गरिएका विधेयकहरुमा आर्थिक वर्ष २०८२/८३ को सेवा र कार्यको लागि संघीय सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक तथा राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक रहेको छ ।