सूर्योदय वोमी लघुवित्तको २ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । सूर्योदय वोमी लघुवित्तका संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको २ हजार कित्ता सेयर बिक्री खुला गरेका छन् ।

यसमा सूर्योदय वोमीकै संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । लघुवित्त कम्पनीले यो सेयरको भाउ भने तोकेको छैन ।

सेयर खरिद गर्न इच्छुक संस्थापकले आज (असार १९ गते) देखि ३५ दिनभित्र लघुवित्त कम्पनीको कर्पोरेट कार्यालय महालक्ष्मी–४ ललितपुर र सेयर रजिष्ट्रार कुमारी क्यापिटल नक्साल, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।