एसईईको नतिजा आज साँझ आउने

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज साँझ सार्वजनिक गरिने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले २०८१ चैत पहिलो साताबाट सञ्चालित एसईईको नतिजा साँझ ५ बजेपछि सार्वजनिक गर्ने तयारी गरेको हा। बोर्डको पहिलो चरणको बैठक केहीबेर अघि सकिएको छ।

अब अर्को बैठक अपराह्न ४ बजे डाकिएको छ। यो बैठक सकिएपछि एसईईको नतिजा सार्वजनिक भएको छ। साँझ ६ बजेभित्र नतिजा आउने बोर्डले जनाएको छ।

यसपालिको एसईईमा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए।