जोशी हाइड्रोपावरको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ६५ प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने आज असार ५ गते बिहीबार अन्तिम दिन हो । यस कम्पनीले हकप्रद सेयर बिक्री प्रयोजनका लागि असार ८ गते बुक क्लोज गर्दैछ ।

असार ६ र ७ गते क्रमशः शुक्रबार र शनिबार परेकाले यी दुवै दिन सेयर कारोबार हुँदैन । तसर्थ, आजसम्म कायम सेयरधनीले मात्र हकप्रद सेयरमा आवेदन दिन पाउने छन् ।

जोशी हाइड्रोपावरले नेपाल धितोपत्र बोर्डबाट २४ लाख १४ हजार १०० कित्ता सेयर बिक्री गर्न अनुमति पाएको हो । प्रतिकित्ता १०० रुपैयाँको दरले कुल २४ करोड १४ लाख रुपैयाँ बराबरको हकप्रद सेयर जारी हुनेछ ।

कम्पनीको हालको चुक्ता पुँजी ३७ करोड १४ लाख रुपैयाँ रहेको छ । हकप्रदपछि चुक्ता पुँजी ६१ करोड २८ लाख १० हजार रुपैयाँ पुग्नेछ ।