आशा लघुवित्त वित्तीय संस्थाको ८० हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले ७९ हजार ६४८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।

लघुवित्त कम्पनीले यी शेयरको बिक्रीमूल्य पतिकित्ता न्यूनतम २५० रुपैयाँ ताकेको छ। यसमा राष्ट्र बैंकको नियमानुसार हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै आवेदन दिन सक्नेछन्।

तर तोकिएको समयसीमा भित्र लघुवित्त कम्पनीका संस्थापक शेयरधनीबाट आवेदन नपरेमा वा सम्पूर्ण शेयर बिक्री नभएमा कम्पनीले सर्वसाधारणका लागि शेयर बिक्री खुला गर्न सक्नेछ।

सो शेयर खरीद गर्न इच्छुक शेयरधनीले आफूले खरीद गर्न चाहेको शेयर संख्या र सोको मूल्य समेत खुलाएर बनेपा–१३ साँगास्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।