राष्ट्र बैंकका दुई निर्देशक कार्यकारीमा बढुवा

काठमाडौँ । नेपाल राष्ट्र बैंकका दुई निर्देशक कार्यकारी निर्देशकमा बढुवा भएका छन् । निर्देशक डा. डिल्लीराम पोखरेल र दीर्घ रावल कार्यकारी निर्देशक भएका हुन् ।

केन्द्रीय बैंक कार्यकारी निर्देशकमा २ निर्देशक बढुवा भएसँगै केही जिम्मेवारी पनि हेरफेर भएको छ । पूर्वकार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठको अवकाशसँगै रिक्त कार्यकारी निर्देशक दरबन्दीमा गत साता निर्देशक डा. पोखरेलको बढुवा भएको सहायक प्रवक्ता ध्रुव कुमार काफ्लेले जानकारी दिए ।

काफ्लेका अनुसार कार्यकारी निर्देशक तुलसी घिमिरेको अवकाशपछि रिक्त दरबन्दीमा सोमबार निर्देशक दीर्घ रावलको बढुवा भएको हो।रिक्त कार्यकारी दरबन्दी पूर्तिसँगै जिम्मेवारी पनि हेरफेर भएको छ । गत साता कार्यकारी निर्देशक भएका पोखरेले बैंकिङ विभाग प्रमुख भएका छन् ।

त्यसैगरी सोमबार कार्यकारी निर्देशक भएका रावल भने बैंकिङ सुपरीवेक्षण विभाग प्रमुखको जिम्मामा छन । त्यसैगरी बैंकिङ सुपरिवेक्षणको नेतृत्व गरिरहेका कार्यकारी निर्देशक रामु पौडेल मुद्रा व्यवस्थापन विभाग प्रमुख भएका छन् ।

त्यसैगरी मुद्रा व्यवस्थापनका कार्यकारी निर्देशक प्रदीपराज पौड्याललाइ सूचना प्रविधि विभागको जिम्मा दिइएको छ ।