skip this prime bank skip

महुली लघुवित्तको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेले २ हजार १०० कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ।

उक्त शेयर खरीद गर्न इच्छुक सर्वसाधारणले अबको ७ दिनभित्र आवश्यक कागजात सहित आफूले किन्न चाहेको शेयर विवरण खुलाएर सप्तरीस्थित वित्तीय कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

साथै संस्थापक शेयरधनीहरूलाई प्राथमिकता दिएर यसअघि नै शेयर खरीदका लागि प्रस्ताव गरिसकिएको वित्तीय कम्पनीले जानकारी दिएको छ।