काठमाडौँ महानगरपालिकाको नगरसभा स्थगित

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट पास गर्न बोलाइएको काठमाडौँ महानगरपालिकाको नगरसभा स्थगित भएको छ ।

१० असारमा उपमेयर सुनिता डङ्गोलले २५ अर्ब ५४ करोड रुपैयाँको बजेट पेश गरेकी थिइन् ।वडाको योजना छनोटका लागि समय चाहिएकाले नगरसभा बैठक स्थगित गरिएको बताइएको छ । अर्को बैठक २६ गते राखिएको छ ।