धुलिखेल । धुलिखेल नगरपालिकामा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १ अर्ब १५ करोड १५ लाख रुपैयाँको बजेट विनियोजन गरिएको छ ।
नगरले बुधवार तेह्रौं नगर सभाको अधिवेशन सम्पन्न गर्दै बजेट पारित गरेको हो ।
तोकिएको अवधिमा बजेट सार्वजनिक गर्ने काभ्रेपलाञ्चोकको १३ स्थानीयमध्ये धुलिखेल नगर पहिलो हो ।
नगर सभामा आउँदो आवका नगर प्रमुख अशोक ब्याञ्जुले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेट, उपप्रमुख निराजन जङ्गमले प्रस्तुत गरेको आर्थिक विधेयक र विनियोजन विधेयक सर्वसम्मतले पास गरिएको छ ।
विनियोजित बजेटमध्ये चालूतर्फ ६७ करोड ६५ लाख ३२ हजार रहेको छ भने पुँजीगत खर्चतर्फ ४६ करोड ७९ लाख ६८ हजार उल्लेख छ ।
वित्तीय व्यवस्थातर्फ ७० लाख विनियोजन भएको छ । चालू आव २०७९/८० मा १ अर्ब ३५ करोड अनुमान गरिएकोमा आर्थिक मन्दीका कारण लक्ष्य अनुरूप राजस्व संकलन हुन नसकेकाले कूल बजेट १ अर्ब २२ करोड २५ लाख कायम गरिएको जनाइयो । चालू आवको प्रगतिमा ८० दशमलव ३५ प्रतिशत प्रगति भएको बताइयो ।