चार महिनामा अठार अर्ब वैदेशिक लगानी

काठमाडौँ । चालु आर्थिक वर्षको चार महिनामा (साउन–कात्तिक) मा १८ अर्ब रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) प्रतिबद्धता आएको छ ।

उद्योग विभागको तथ्याङ्क अनुसार साउनदेखि कात्तिक महिनासम्म १७८ परियोजना मार्फत १८ अर्ब ३५ करोड ४३ लाख तीन हजार रुपियाँ एफडिआई आएको हो ।

कात्तिक महिनामा मात्र २७ परियोजना मार्फत एक अर्ब ७५ करोड रुपियाँ विदेशी लगानी प्रतिबद्धता भित्रिएको हो ।

चार महिनामा सबैभन्दा धेरै साना उद्योग १७०, मझौला पाँच र तीन वटा ठुुला उद्योगमा लगानी प्रतिबद्धता आएको छ ।

नेपालमा सबैभन्दा सेवामूलक, उत्पादनमूलक, पर्यटन, सूचना प्रविधिमूलक क्षेत्रमा बढी विदेशी लगानी भित्रिने गरेको छ ।

सेवामूलक उद्योग ६९, उत्पादनमूलक १२, पर्यटन ८६, सूचना प्रविधि पाँच, पूर्वाधारमूलक चार, खानीजन्य र कृषिजन्य उद्योग एक/एक उद्योगमा लगानी प्रतिबद्धता आएको छ । गत असोज महिनामा १६ अर्ब ६० करोड ४३ लाख लगानी प्रतिबद्धता आएको थियो ।

अघिल्लो भदौ महिनामा मात्र ५१ वटा परियोजना मार्फत दुई अर्ब ७२ करोड २४ लाख रुपियाँ प्रतिबद्धता आएको विभागले जनाएको छ ।

गत साउन महिनामा ६० उद्योग मार्फत ११ अर्ब ९३ करोड १८ लाख ३० हजार रुपियाँ लगानीको प्रतिबद्धता आएको हो । साउन महिनामा सबैभन्दा धेरै विदेशी लगानीको प्रतिबद्धता आएको थियो ।

सुरुदेखि हालसम्म छ हजार ३७ परियोजनामा चार खर्ब ६८ अर्ब ३२ करोड ३२ लाख २४ हजार रुपियाँ विदेशी लगानीको प्रतिबद्धता आएको छ ।

नेपालमा प्रतिबद्धताको ३० देखि ३५ प्रतिशत रकम मात्र भित्रिने गरेको छ । नेपालमा लगानी गर्ने भनेर प्रतिबद्धता गरे पनि लगानी भने न्यून मात्र भित्रिने गरेको पाइएको छ ।