हाथवे इन्भेष्टमेन्टको नाफा १५ सय ५८ प्रतिशतले बढ्यो

जगेडा कोषको आकार ७० करोड ७५ लाख भन्दा धेरै

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ५८ लाख २२ हजार रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको भन्दा १५ सय ५८ प्रतिशतले धेरै हो ।

गत वर्षको यसैअवधिमा यस कम्पनीले ९ लाख ५४ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । यसको सञ्चालन  आम्दानी ४  करोड ८० लाखबाट  घटेर २ करोड १९ लाख ११ हजार रुपैयाँ कायम भएको छ ।

सञ्चालन आम्दानी घट्दा पनि नाफा भने बढेको छ । यसले विभिन्न शीर्षकमा खर्च कटौती गरेको छ । त्यसकासाथै, हाथवेले लगानी खरिद नगरेका कारण पनि नाफामा सुधार आएको छ ।

गत वर्षको सोही अवधिमा यसले उक्त शीर्षकमा ८ करोड ८८ लाख छुट्याएको थियो ।हाल हाथवेको प्रतिसेयर आम्दानी २ रुपैयाँ ७० पैसा छ ।

यसको नेटवर्थ भने ८० रुपैयाँ २४ पैसा रहेको छ । हाल यसको कम्पनीको चुक्ता पुँजी १ अर्ब १७ करोड रुपैयाँ रहेको छ । यसको जगेडा कोषमा ७० करोड ७५ लाख रुपैयाँ जम्मा रहेको छ ।