कराँची (पाकिस्तान) (एएनआई)। अपराधको उथलपुथल इतिहासको साथ कराँची, अराजकताको भूतसंग परिचित छ । हालैको समयमा सहरले सडक अपराध, डकैती, लागु औषध सम्बन्धी अपराधहरु, र कानून प्रवर्तनसंगको मुठभेडको चपेतामा परेको छ ।
सडक अपराधीहरुले दण्डहीनताका साथ काम गर्छन, बैंकहरु बाहिर, ट्राफिक जामको बीचमा, र भीडभाड बजारहरुमा नागरिकहरुलाई लक्षित गर्दै, प्रतिरोधको सामना गर्दा हिंसाको सहारा लिन्छ, डनले रिपोर्ट गरेको छ ।
सिन्धका मूख्यमन्त्रीलाई राष्ट्रपति आसिफ अली जरदारीको हलैको निर्देशनले अवस्थाको गम्भीरतालाई जाड दिन्छ । उनले कराँचीमा सडक अपराधीहरु , साथै माथिल्लो सिन्ध र दक्षिणी पञ्जावको नदी क्षेत्रहरुमा लागु आूषध तस्करहरु र डाकुहरु विरुद्ध व्यापक कारवाही गर्न आग्रह गरे र प्रान्तहरु बीच सहकार्यको लागि आव्हान गरे । केही अपराध नियन्त्रण उपायहरु रिपोर्ट गरिएका छन ।
जस्तै शाहीन फोर्सको पुनरुत्थान, अपग्रेड गरिएको मडाडगर–१५ हेल्पलाइन दोहोरिने अपराधीहरुको ई–टयागिङ, र सिन्ध स्मार्ट निगरानी प्रणालको कार्यान्वयन, प्रतिक्रिया सक्रिय भन्दा प्रतिक्रियात्मक भएको छ ।
डन प्रतिवेदनमा उल्लेख गरिएको तथ्यांकले चुनौतीको स्केललाई हाइलाइट गदैछ, अपहरणका १०३ मध्ये ४७ वटा रिपोर्ट नगरिएका थिए, जबकि १०४ जना बरामद भएका थिए भने १९ जना अझै बेपत्ता छन ।
दैनिक सडक अपराधका घटना जनवरीमा २५२.३२ बाट घटेर अप्रिलमा १६६.२ मा झरेका छन । ४९ जनाको मृत्यु भएका ४८ घटनाहरुमध्ये २७ वटा पहिचान भएका छन, जसमा ४३ पक्राउ परेका छन र १३ वटा प्रहरी मुठभेड भएका छन, यद्दपि विवादास्पद असरहरु भएका छन , डनले रिपोर्ट गरेको छ ।
यद्दपि राष्ट्रपतिको ढिलो हस्तक्षेप र सतही उपायहरुमा प्रान्तीय सरकारको निर्भरताले गहिरो थप समग्र द्दष्टिृकोणको आवश्यकतालाई जोड दिन्छ ।
सक्रिय पुलिसिंगले मूल कारणहरु,ढाँचाहरु र कमजोर क्षेत्रहरुको व्यापक मूल्याँकनको माग गर्दछ । प्रतिवेदन अनुसार दीर्घकालीन समाधानका लागि तालिम, निगरानी, समस्या समाधान, र कानून प्रवर्तन एजेन्सीहरु बीचको सहयोगी प्रयासहरु समावेश गरी बहुआयामिक रणनीतिहरु आवश्यक पर्दछ ।
विशेष गरी कराँची, हैदरावाद, थट्टा र सुजावलमा लागु औषध माफियाको व्यापक प्रभावलाई सम्बोधन गर्न निर्णायक कदम र राजनीतिक इच्छाशक्ति हावश्यक पर्ने पनि प्रतिवेदनले जनाएको छ ।
त्यसैगरी कच्चा बेल्टमा लुटपाट राज्यले सीमान्तकृत क्षेत्रहरुलाई बेवास्ता गरेको र सामन्ती शोषणलाई रोक्न असफल भएको लक्षण हो । शिक्षा, पूर्वाधार,रोजगारी र स्वास्थ्य सेवामा गरिबीजन्य अपराध न्यूनीकरण गर्न आवश्यक छ ।
टुक्रा–टुक्रा दृष्टिकोण अपर्याप्त छन । सहरी ग्रामीण र उपेक्षित क्षेत्रहरुमा सुरक्षा र विकास हासिल गर्नु राजनीतिक प्रतिबद्धता र अन्तरप्रदेशीय सहयोग निर्भर छ ।
दण्डात्मक उपायहरुको तुलनामा पुनस्र्थापनाका उपायहरु अंगाल्नु भनेको दिगो रुपमा अपराधको सामना गर्न महत्वपूणृ छ , डनले रिपोर्ट गरेको छ ।