हिमालयन लाइफको अध्यक्षमा अग्रवाल चयन

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्षमा शुलभ अग्रवाल चयन भएका छन्।

इन्स्योरेन्स कम्पनीको माघ २१ गते बसेको संचालक समितिको बैठकले अग्रवाललाई चयन गर्ने निर्णय गरेको हो । उनी यस अघि पनि इन्स्योरेन्स कम्पनीको संचालक समितिको अध्यक्ष थिए ।