रिलायबल नेपाल लाइफको नयाँ बोनसदर सार्वजनिक

बीमितले अधिकतम ७५ रुपैयाँसम्म बोनस पाउने

काठमाडौं । रिलायबल नेपाल लाइफले नयाँ बोनसदर आज सार्वजनिक गरेको छ । रिलायबल लाइफले बीमितले पाउने नयाँ बोनसदर नेपाल बीमा प्राधिकरणबाट यही मंसिर २२ गते स्वीकृत भए पश्चात् सार्वजनिक गरेको हो ।

कम्पनीले आव २०७९/०८० को जीवन बीमा कोष र बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदनको आधारमा नयाँ बोनसदर सार्वजनिक गरेको हो । आज सार्वजनिक भएको नयाँ बोनसदर अनुसार बीमितले अधिकतम ७५ रुपैयाँसम्म बोना पाउनेछन् ।

कम्पनीका अनुसार रिलायबल सावधिक जीवन बीमालेखमा न्यूनतम ५० रुपैयाँदेखि अधिकतममा ७५ रुपैयाँ प्रति वर्ष प्रति हजारका दरले बोनस पाउनेछन् ।

त्यस्तै, लघु सावधिक जीवन बीमालेखको सबै बीमा अवधिहरमा ३० रुपैयाँका दरले तथा रिलायबल सजिलो जीवन बीमा ९एकल तथा सिमित अवधि भुक्तानी०का सबै बीमा अवधिहरुमा २५ रुपैयाँसम्म बोनस पाउनेछन् ।

त्यस्तै, रिलायबल सुलभ जीवन बीमालेख तथा सुलभ बाल जीवन बीमालेख प्लस योजनामा न्यूनतम २४ रुपैयाँदेखि अधिकतममा ४० रुपैयाँसम्म बोनसदर निर्धारण गरिएको छ ।

रिलायबल उच्च शिक्षा योजना ९बालबच्चाको सावधिक बीमालेख०मा न्यूनतम ६० रुपैयाँदेखि अधिकतममा ६५ रुपैयाँसम्म बोनस पाउने भएका छन् ।

कम्पनीको सावधिक तथष आजिवन बीमा योजनामा न्यूनतम ३० रुपैयाँदेखि अधिकतममा ५० रुपैयाँसम्म बोनस बीमितले पाउने भएका छन् । कम्पनीले रिलायबल समुन्नती जीवन बीमाको सबै बीमा अवधिहरुमा २० रुपैयाँ बोनस दिने भएको छ ।

त्यस्तै, कम्पनीले रिलायबल अग्रिम भुक्तानी सावधिक बीमा योजनामा न्यूनतम ५० रुपैयाँदेखि अधिकतममा ५५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।