हिमालयन लाइफ इन्स्योरेन्सको नाफा ४२ प्रतिशतले बढ्यो

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ४२ दशमलव ५१ प्रतिशतले वृद्धि भएको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीले ५८ करोड १३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेकोमा अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४० करोड ७९ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

एक्चुरी भ्यलुएशन पछि बीमा कम्पनीको वास्तविक नाफा आउने छ। कम्पनीको जीवन बीमा कोष २३ दशमलव २७ प्रतिशतले बढेको छ । जीवन बीमा कोषमा ५२ अर्ब १२ करोड रुपैयाँ जम्मा भएको छ ।

अघिल्लो वर्षको यहि अवधिमा जीवन बीमा कोषमा ४२ अर्ब २८ करोड रुपैयाँ थियो । त्यस्तै जगेडा कोष ५१ दशमलव ६६ प्रतिशतले घट्दै १ अर्ब ६ करोड पुगेको छ ।

समिक्षा अवधिमा खुद बीमा शुल्क आर्जन ४ दशमलव ४६ प्रतिशतले घट्दै असार मसान्तसम्ममा खुद बीमा शुल्क आर्जन ५ अर्ब ४५ करोड रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिसम्म खुद बीमा शुल्क आर्जन ५ अर्ब ७२ करोड थियो ।

कम्पनीले गत आर्थिक वर्ष ५ अर्ब ४५ करोड रुपैयाँको खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ५ अर्ब ७२ करोडको दाबी भुक्तानी भएको थियो ।

कम्पनीको चुक्ता पूँजी ८ अर्ब २ करोड पुगेको छ । प्रकाशित विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ २५ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११८ रुपैयाँ ८३ पैसा रहेको छ ।