एनएलजी इन्स्योरेन्सले ६६ % हकप्रदलाई पायो अनुमति

बाँकी पूँजी बोनस सेयरबाट जुटाउने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले एनएलजी इन्स्योरेन्सलाई हकप्रद सेयर निष्काशन गर्न अनुमति प्रदान गरेको छ। प्राधिकरणले कम्पनीलाई हाल कायम चुक्ता पूँजीको ६६ प्रतिशत हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको हो ।

यस अघि हकप्रद निष्काशन कडाई गर्दै आएको थियो। प्राधिकरणले आफ्नो नीति कार्यान्वयन गर्न पनि एनएलजी इन्स्योरेन्सलाई भने हकप्रद निकाल्न अनुमति दिएको हो ।

एनएलजी इन्स्योरेन्सको हालको चुक्ता पूँजी १ अर्ब ४५ करोड ९२ लाख रुपैयाँ रहेको छ ।अब कम्पनीले  ६६ प्रतिशतले आउने  ९६ करोड ३० लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्नेछ ।

हकप्रद सेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब ४२ करोड २२ लाख रुपैयाँ पुग्नेछ ।बाँकी पूँजी बोनस सेयरबाट २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी पुर्याउने नीति लिएको छ ।