काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीको सञ्चालकमा प्रमोद घिमिरे नियुक्त भएका छन् । घिमिरे संस्थापक शेयरधनी नेपाल होल्डिङ प्रा.लि को तर्फबाट प्रतिनिधित्व गर्ने गरी नियुक्त भएका हुन् ।
यस अघि नेपाल होल्डिङ प्रा.लि को तर्फबाट शिक्षा भट्टचनले प्रतिनिधित्व गर्दै आएकी थिइन् । कम्पनीको असार १७ गते बसेको सञ्चालक समितिको बैंठकको निर्णयले घिमिरेलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।






























